स्वास्थ्य

पछिल्लाे २४ घण्टामा २२० जना नयाँ सङ्क्रमित थपिए, २६३ जना कोरोनामुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत