स्वास्थ्य

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सीमाक्षेत्रमा कडाइ

काठमाडाैं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको छ । स्वास्थ्य सेवा विभागको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा कडाइ गरेको हो।

विभागले मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि सतर्कता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

रुपन्देहीको सीमानाका बेलहियामा कोरोना संक्रणम नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सीमाक्षेत्रको स्थानीय तह सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, रेडक्रस र स्वास्थ्यमा काम गर्ने संस्थाहरुको सहयोग र समन्वयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयम्सेवक परिचालन गरिएको छ ।

सीमामा आउने व्यक्तिसँग सोधपुछ र पीसीआर रिपोर्ट हेर्ने गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

भारतबाट आएका मालबाहक गाडीका चालक र सहचालकको पीसीआर रिपोर्ट हेर्ने गरिएको छ भने भारतबाट आउने नेपाली नागरिकको सामान्य स्वास्थ्य परीक्षण र सोधपुछ गर्ने गरिएको छ । विदेशी नागरिकलाई भने पीपीआर रिपोर्ट बिना प्रवेश दिइएको छैन ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि भारतीय सुरक्षाकर्मीले पनि कडाइ गर्न थालेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत