अर्थतन्त्र

नेप्सेसँगै काराेबार रकम पनि घट्याे, लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दाेहाेराे अंकले घटेकाे छ । 

साताको कारोबारको दोस्रो दिन आज सोमबार नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो ।

आज काराेबार रकम पनि दुई अर्ब ४६ करोड ४६ लाखमा सीमित भएको छ ।   

घटेकाे बजारमा पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेड दश प्रतिशतले बढेकाे छ । आज गोखार्ज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१५.३० रुपैयाँ पुगेको छ भने हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२३७ रुपैयाँ पुगेको छ ।  

तर माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक घटेकाे छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।       

तीन दिनपछि खुलेको शेयर बजारमा उत्साह नदेखिएपछि लगानीकर्ता निराश देखिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत