स्वास्थ्य

कोभिड खोप लिएर काठमाडाैं आएको चिनियाँ विमान किन अवतरण नगरी फर्कियाे ?

 

काठमाडाैं । चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्किएकाे छ । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको हाे । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक गुरागाईंले बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत