स्वास्थ्य

१७ औषधि पसललाई कारबाही (नामसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले  कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिएका छन् ।

त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) उनले बताए । केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ ।

अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको केसीले बताए ।

‘कात्तिक महिनामा भएको बजार अनुगमनमा सबैभन्दा बढी कैफियत व्यवसायी अनुपस्थित भएको पाइएको छ । औषधि बिक्री–वितरण गर्दा चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम फर्मासिस्ट वा व्यवसायीले गर्नुपर्ने हुन्छ,’ केसीले भने, ‘निरीक्षणका क्रममा धेरै व्यवसायी अनुपस्थित भेटिएका छन् ।’

विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला परेपछि १७ औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको  छ ।

निलम्बनमा पर्नेमा :

१. स्माइल केयर फार्मेसी

२. जनसेवा फार्मेसी

३. धुव्रतारा भेटेरीनरी सेन्टर

४. विराज औषधि पसल

५. कम्युनिटी वेलनेस सेन्टर प्रा.लि

६. स्याउला वास.पस

७. दीर्घायु मेडिको फर्मा

८.  दीपक फार्मेसी

९. युजल फार्मेसी

१०. राधाकृष्ण पोलिक्लिनिक प्रालि

११. आसिन मेडिकल हल

१२. म्हसिका फार्मेसी

१३.कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र

१४. असम मेडिकल हल

१५. सभ्यता मेडिकल हल

१६. निर्जल फार्मेसी

१७. सुखायु आयुर्वेदिक 

गाउँ सहर संवाददाता

तपाईँको मत