गाउँ सहर

जिउँदो सालकसहित एक जना पक्राउ

काठमाडाैं । दुर्लभ जिउँदो सालकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखा कालिञ्चोक गाउँपालिका–६ लिफ्टुङ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने २६ वर्षीय उद्धव थामीलाई ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालकसहित बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब एक करोड दश लाख रुपियाँमा बिक्री गर्ने उद्देश्यले लिएको उक्त सालक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थामीलाई कारबाहीका लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको महानगरीय अपराध महाशाखाले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत