स्वास्थ्य

नयाँपाटीमा ॐ चाबहिल डेन्टलकाे नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर

काठमाडाैं । ॐ चाबहिल डेन्टल अस्पतालले गाेकर्णेश्वर नगरपालिकामा नयाँपाटीमा नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाकाे २४औँ वार्षिक साधारणसभामा ॐ चाबहिल डेन्टलले  नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर सञ्चालन गरेकाे हाे । 

सहकारीकाे साधारणसभा उपस्थित ३२५ जनाले शिविरबाट सेवा लिएकाे अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

अस्पतालले विभिन्न जिल्लाका स्थानीय तहमासमेत पुगेर पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको अध्यक्ष घिमिरेले बताए । 

ॐ चाबहिल डेन्टल अस्पतालले देशका विभिन्न जिल्लामा नि:शुल्क दन्त शिविर सञ्चालन गर्दै आइरहेकाे छ ।

प्रबन्धक निर्देशक शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए । 

विगत लामाे समयदेखि चाबहिल चाेकमा गुणस्तरीय सेवा सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले काेटेश्वरमा शाखा सञ्चालनकाे तयारी गरिरहेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत