राजनीति

कांग्रेस सहमहामन्त्री (दलित)मा ३७ मत अन्तरले जीवन परियार विजयी

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (दलित)मा जीवन परियार विजयी भएका छन् । 

कांग्रेस सभापतिमा पराजित भएका शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार रहेका परियार शेरबहादुर देउवा प्यानलका उम्मेदवार मान बहादुर विश्वकर्मालाई पराजित गर्दै विजयी भएका हुन् । 

बिहीबार राति सकिएको मतगणनामा विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै परियार निर्वाचित भएका हुन् ।

जम्मा ४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए ।

सहमहामन्त्री अन्तर्गत दलित, आदिवासी-जनजाति र महिलाको मतगणना गरिएको थियो ।

अन्तिम मतपरिणाम अनुसार आदिवासी जनजातिमा आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्। २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कोइराला समूहका लामाले १९१३ मत ल्याए ।

उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत