राजनीति

एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडाैं । एमालेका मनोनित केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष ओलीले उनीहरुलाई बुधबबार तुलसीलाल प्रतिष्ठान च्यासलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मालेको यही २५ र २६ गते भक्तपुरमा बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक   र ​विषमलाल अधिकारी रहेका छन् । 

महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ   र गीता कार्की मनोनित भएका छन् ।​

गाउँ सहर संवाददाता

तपाईँको मत