राजनीति

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना बुधबार दिउँसोदेखि सुरू

काठमाडाैं । नेपाली कांग्रेसमा सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी भएसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना बुधबार दिउँसोदेखि सुरू हुने भएको छ । निर्वाचन समितिले आज दिउँसोदेखि पदाधिकारीको मतगणना हुने जानकारी दिएको हो ।

अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । मतपेटिकाहरू चुनावकै दिन राति पार्टी कार्यालयमा लगेर राखिएको छ ।

आजदेखि सुरु हुने मत गणना आगामी पुस ५ गतेभित्र परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ ।

गाउँ सहर संवाददाता