राजनीति

सुजाताले किन छाडिन् शेखरकाे साथ ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत नपुग्दा पुनः मंगलबार दिउँसाे नै सभापति पदका लागि मतदान हुँदैछ ।

 अन्तिम समयमा सभापति पदमा मात्रै पाँच जना प्रतिष्पर्धामा उत्रिएका छन् । पाँच प्रतिष्पर्धी मध्ये संस्थापन इतरकै प्रकाशमान सिंहको प्यानलमा उपसभापति पदमा लडेकी सुजाताले सभापति पदको दोस्रो चरणको निर्वाचनमा पनि शेखर कोइरालालाई साथ नदिने भएकी छन् ।

सिंह पक्षबाट उपसभापति पदकी उम्मेदवार सुजाता र महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मासँग सल्लाहमा सिंहले देउवालाई समर्थन जनाएका छन् ।

सूजातालाई साथमा राखेर उनकै सल्लाहमा देउवालाई समर्थन गरेको सिंहले बताएका छन् ।

नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफू प्रतिष्पर्धामा उत्रिएको भए पनि देशैभरका बहुमत कार्यकर्ता देउवाका पक्षमा देखिएकाले देउवालाई समर्थन गरेको सिंहको भनाइ थियो । यद्यपी देउवाले कार्यशैलीहरु परिवर्तन गर्नुपर्ने अवस्था रहेको सिंहले बताए । पार्टीको विधान संशोधन लगायतका कामहरु गर्नुपर्ने भएकाले त्यसमा पनि सल्लाह गरेर नै गर्ने बचन देउवाले सिंहलाई दिएका छन् ।

दोस्रो चरणमा मतदान हुने अवस्थामा आफूलाई संस्थापन इतर पक्षका सबैले साथ दिने अपेक्षा शेखरको थियो ।

सूजाता आफ्नै परिवारकी भएकै कारण पनि उनीप्रति शेखरको भरोसा थियो । तर यहाँ सूजाताले पनि देउवालाई समर्थन गर्नुमा शक्तिको होडको मात्र नभई पारिवारिक विषय भएको निकट स्रोतले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

Sahadev Acharya लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ ७:३० pm

बाबुको बाहुलीबाट बिना बिभागीय मन्त्री पनि बन्ने जोष्ट दीदीको के कुरा !!

Basanta Chalise लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ ७:२९ pm

शत्रु खोज्न कहींजानु पर्दैन घरमै हुन्छन्

Krishna Jamarkattel लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ २:३१ pm

यिनलाई नेपाल/ नेपालीको मायॉ नै छैनजस्तो छ। विरामि हुदॉ उपचार खर्च दिएकोले होला कि! उपप्रम?

Khim Kc लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ २:३१ pm

धोका खाएर अघाए जस्तो छ

Chandra Thapa लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ २:३० pm

शत्रु टाढाको हुदैन।

Tanka Prasad Subedi लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ २:२९ pm

देशबाहिर जादैछ

Ghalendra Pd Adhikari लेख्नुहुन्छ २८ मङ्सिर, २०७८ २:२९ pm

अँसबन्डाको झगडाले।

तपाईँको मत