सभापती देउवाले हाले भाेट
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा वर्तमान पार्टी सभापती शेरबहादुर देउवाले भोट हालेका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर देउवाले केहीबेर अघि भोट हालेका हुन् । देउवा नयाँ नेतृत्वमा पनि पार्टी सभापतिका उम्मेदवार हुन् ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान भइरहेको छ ।
राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक सय ३४ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
गत शनिबार पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गरेका थिए ।
पदाधिकारीमा उम्मेदवारी दिएका दुईजना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले आइतबार मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस