राजनीति

कांग्रेस महाधिवेशन : फोटो पत्रकारको ‘क्यामेरा डाउन’

काठमाडाैं । कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् । 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् । 

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् । 

कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत