राजनीति

देउवालाई नसघाउने निधिको घोषणा

काठमाडाैं ।  काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले देउवालाई नसघाउने घोषणा गरेका छन् । निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका हुन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन ।  त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’

काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरेका छन् । 

पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् । 

सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने स्पस्ट पारेका छन् । 

 

 

गाउँ सहर संवाददाता

BIjay PaRajuli लेख्नुहुन्छ २६ मङ्सिर, २०७८ ८:२७ pm

आफ्नै गृह प्रदेश बाट केन्द्रीय सदस्य को उम्मेदवार नपाउने ले बढि कुरो गर्छ

Padam Karki लेख्नुहुन्छ २६ मङ्सिर, २०७८ ८:२३ pm

299 मत आउँछ!!!

Gopal Mandane लेख्नुहुन्छ २६ मङ्सिर, २०७८ ८:२२ pm

देउवाको सभापतिमा हार्ने संभावित कारणहरु १- नीधीलाई समेट्न नसक्नु २- सिटौलालाई च्यापेर ,एनपी साउद,रमेश लेखक,बालकृष्ण खाड,ज्ञानेद्र कार्की र लाई बाईपाश गर्नु र ३- आफ्नो रक्षाकवच बनेका प्रवक्ता बिश्वोप्रकाशलाई अर्को समुहमा जान बाघ्य बनाउनु यति कारणले हार्ने निश्चित देखिन्छ !

Bhanu Baral लेख्नुहुन्छ २६ मङ्सिर, २०७८ ८:२१ pm

सहि बिचार

तपाईँको मत