राजनीति

जसले भाेट माग्ने कष्टै गर्नुपरेन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई जनाले भाेट माग्ने कुनै कष्टै गर्नुपरेन । आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएपछि उक्त टन्टै सकिएकाे छ ।

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए । तर यादवले आइतबार उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। कांग्रेस सभापतिमै ६ जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र शेखर कोइरालासँगै कल्याण गुरुङ र युवराज न्यौपाने सभापतिमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएकाहरुले आज बिहान ११ बजेभित्र आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत