राजनीति

कांग्रेस सभापतिमा कल्याण गुरुङद्वारा उम्मेदवारी दर्ता

 

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो’ गाउँसहरसँग उनले भने । हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ ।

नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ । कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार  शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत