राजनीति

नेपालको राजनीतिमा कालो बादल मडारिएको छ : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’

राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।  

एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्’, नेता नेपालले पूर्व राजालाई सङ्केत गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । 

 

गाउँ सहर संवाददाता

Ñîrdøsh Ädhïkårï लेख्नुहुन्छ २४ मङ्सिर, २०७८ ७:४३ pm

Tyo kalo बादल timi nai ho buda.

तपाईँको मत