अर्थतन्त्र

ओरालो लाग्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य ओरालो लागेको छ ।  शुक्रबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यो साता सुन तोलामा ९०० रुपैयाँले गिरावट आएको छ । गत शुक्रबार सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएकाे थियो । त्यसपछि पनि सुनको मूल्यमा उतारचढाव देखि नै रह्यो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच भइराखेको महासंघले जनाएको छ ।

साताभरमा चाँदीको मूल्य पनि सामान्य गिरावट देखिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको थियो । यसरी यात साता चाँदी तोलामा पाँच रुपैयाँले घटेको महासंघको तथ्यांकमा देखिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत