खेल

‘ए’ डिभिजन फुटबलकाे चौंथो चरणको पहिलाे दिन आज दुई खेल

तस्बिर-एन्फा

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज शुक्रबारबाट चौंथो चरणको खेलहरु सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेको छ ।

मनाङ फ्रेन्ड्सविरुद्ध अंक गुमाउन चाहदैन । र, मनाङ फ्रेन्ड्सलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

फ्रेन्ड्स लिगको दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।

मनाङविरुद्ध मैदान उत्रदा फ्रेन्ड्सलाई चोटले सताउनेछ । चोटका कारण कप्तान प्रकाश बुढाथोकी, प्रिजेन तामाङले खेल्ने छैनन् ।

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ ।

च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत