प्रविधि

नाडा चुनाव : नयाँ नेतृत्व चयनका लागी मतदान जारी

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको चयनका लागि मतदान भइरहेकाे छ । अटो व्यवसायीको छाता संगठनको नयाँ नेतृत्वको चयनका लागि बिहिबार ८ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानका लागी देशभरका अटोमोबाइल्स व्यवसायी काठमाडौं आएका छन । नाडाका अनुसार नाडा निर्वाचन समितिका अनुसार बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म मतादान हुने छ ।

नाडाको नयाँ नेतृत्वको लागी सीजी मोटोकर्पका करण चौधरी र फोर्स मोटर्सका ध्रुब थापाको प्यानलको चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

साढे एक घण्टा ढिलो गरी ८ बजेदेखि सुरुभएको मतदान अहिलेसम्म १५ प्रतिशत मत खसेको नाडाका एक पदाधिकारीले बताए ।नाडामा अध्यक्षसहित १८ पदका लागि ३६ जनाले उम्मेदवारी परेको छ ।

 नाडाका अनुसार कुल ३१ सय ८० सदस्य रहे पनि ३१ सय जनाले मात्रै मतदान गर्न पाउनेछन्। नाडाको तेतृत्वको दैउडमा रहेका ध्रुव थापालाई साना व्यवसायीको साथ बलियो छ भने करण चौधरीलाई ठूला व्यवसायीक घरनाको साथ छ ।

नाडाका एक अघिकारीले प्रतिस्पर्धा टफ रहेकाले कस्ले जित्ने भन्ने टुङ्गो नरहेको बताएका छन् । ‘दुवै टिम आ–आफ्नो तर्फबाट बलियो छ’ अधिकारीले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत