वातावरण

देशभर चिसो बढेकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध

 

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

बिहीबार प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

शुक्रबार भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत