विश्व

जातीय दंगामा परी ४८ जनाकाे ज्यान गयाे

 एजेन्सी । जातीय दंगामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको हाे । दंगामा परी उनीहरूको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएकाे छ ।

दुई दिनयता स्थानीय जातिबीच झडप भएको थियो । झडपका क्रममा हतियारधारी पक्षले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको हो । घटनामा दर्जनौँ घाइते भएका छन् ।

समाचारमा जनाइएअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत