कला

‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । मंसिर–राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ भएको छ ।

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।

सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । राष्ट्रिय झण्डाको जन्म आजभन्दा २५०० वर्ष अघि भएको बताउँदै उनले भने, ‘झण्डाको संरक्षण र महत्त्वको बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।’

गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व बुझाउन सुरु गरेको अभियानलाई स्मरण गर्दै भने, ‘जसले जस्तो मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्रो झण्डाको गरिमा र महत्वलाई घटाउँछ ।’ झण्डा हाम्रो गौरव भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए ।

यसैगरी, पूर्वमन्त्री लालबाबु पण्डितले राष्ट्रिय गीतलाई स्वाभिमानका साथ उठाउन निरन्तर आफू लागि पर्ने बताए । गीतबाट नाफा घाटा नहेरी राष्ट्रको निम्ती यस्ता गीत बन्नु पर्ने उनको भनाइ छ । मेरै पहलमा क्याबिनेटले सबैले झण्डा फरफराउन पाउने गरी खुल्ला गरिएको उनले दाबी समेत गरे ।

यस्तै, पूर्वमन्त्री हृदयेस त्रिपाठीले आधुनिकतालाई हामीले स्विकार गर्नुपर्ने बताउँदै आफ्नो मौलिकता नबिर्सन आग्रह गरे । ‘हाम्रो देश बहुजाति, बहुभाषी हो सबै मिलेर बस्नु पर्छ । एकले अर्काको अस्तित्वलाई स्विकार गर्नुपर्छ ’, उनले भने ।

कार्यक्रममा भिडियो निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउनहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत