सुरक्षाकर्मीद्वारा मजदुरमाथि फायरिङ, कम्तिमा १३ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १३:०६:०० मा प्रकाशित
एजेन्सी । सुरक्षाकर्मीले मजदुरमाथि फायरिङ गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको हो । उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।
घटनापछि सो क्षेत्रमा हिंसा फैलिएको छ । सुरक्षाकर्मी र स्थानीयबीच हिंस्रक झडप भएको छ । असम राइफल्सका अधिकारीहरूका अनुसार घटनामा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । यसमध्ये एक सैनिक गम्भीर रूपमा घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस घटनाबारे कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिइएको छ ।
मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए । गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेका थिए ।भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।
नागाल्याण्डका मुख्यमन्त्री नीफियू रियोले यस घटनालाई निन्दनीय बताएका छन् । उनले उनले यसबारे उच्चस्तरीय जाँच गरिने बताएका छन् । उनीले सबैलाई न्याय दिलाउने वाचा गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् ।
त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै घटनालाई दुर्भाग्यपूर्ण बताउँदै आफू यसबाट आफू दुखी भएको बताएका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्याय दिलाउने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस