गाउँ सहर

भारतमा ओमिक्रोनका केश बढ्दै, विदेशबाट आएकाहरुमा उक्त संक्रमण

  • एजेन्सी
  • १९ मङ्सिर आइतबार, २०७८ | ०४:३९:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।

महाराष्ट्रको मुख्य सहर मुम्बईमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । गुजरातमा एक जनामा ‌ओमिक्रोन संक्रमण देखा परेको थियो । त्यसअघि कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन देखा परेको थियो ।

विदेशबाट भारत फर्किएर आएकाहरुमा उक्त संक्रमण देखिएको बताइएको छ ।

एजेन्सी

तपाईँको मत