राजनीति

नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा घिमिरे र थापाकाे उम्मेदवारी, कसले हुत्याउला ? (प्यानलसहित्)

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

शनिबार हुने निर्वाचनका लागि शुक्रबार सभापतिमा संस्थापन इतर पक्षका गुरु घिमिरे र संस्थापन पक्षका उद्धव थापाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् ।

दुइमध्ये घिमिरे केन्द्रकाे र थापा स्थानीयकाे पकडमा छन् ।

निर्वाचन समितिका अनुसार २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् ।

२ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् ।

प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् ।

मतदान शनिबार विहान हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत