गाउँ सहर

नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी

काठमाडाैं । आज सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । 

शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिएका छन् ।

नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सो गार्मेन्ट कसको हो भन्ने खुलिनसेको प्रहरीले बताएको छ । 

'हामी अहिले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं । चार-पाँच वटा दमकलबाट आगो निभाउने प्रयास गरिरहेका छौं,' दाहालले भने । 

गाउँ सहर संवाददाता

तपाईँको मत