गाउँ सहर

लागूऔषध सहित एक जना पक्राउ

मकवानपुर । प्रहरीले लागूऔषध सहित एक जनालाइ पक्राउ गरेकाे छ ।  मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत