म आफैँ अदालत हाजिर हुनसक्ने अवस्थामा छु, भोलिदेखि कार्यालय आउँछु : प्रधानन्यायाधीश राणा
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १५:०३:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन् ।
कोरोना संक्रणपछि राणा बलम्बुस्थित एपीएफ अस्पतालमा मंसिर १३ गतेदेखि उपचार गराइरहेका छन्। संविधानको धारा १२९ (६) अनुसार प्रधानन्यायाधीश देश बाहिर गएको वा अन्य कारणले अदालतमा उपस्थित हुन नसकेकामा वरिष्ठतम न्यायाधीशलाई कायममुकायमको जिम्मेवारी पाउने व्यवस्था छ ।
संवैधानिक प्रावधानअनुसार राणा उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा स्वतः वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी पाउनुपर्ने भए पनि प्रधानन्यायाधीश बिरामी परेको औपचारिक जानकारी नभएको भन्दै प्रशासनले कार्कीलाई कामयमुकायम स्वीकार गर्न आनाकानी गरेको छ ।
सर्वोच्च प्रशासनले राणा अस्पताल भर्ना भएको औपचारिक जानकारी नभएको बताएको छ। तर एपीएफ अस्पतालले भने विज्ञप्ति जारी गर्दै राणाको स्वास्थ्य अवस्था सुधाराेन्मुख भएको जनाएको छ ।
कार्कीले कायममुकाय प्रधानन्यायाधीशका रुपमा काम गर्ने र राणाको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनबारे बिहीबार सर्वोच्चका बाँकी सबै न्यायाधीश र नेपाल बार एवं सर्वोच्च बारका पदाधिकारीबीच छलफल भएको छ ।
छलफलस्थलबाटै वरिष्ठतम न्यायाधीश कार्कीले राणालाई फोन गरेर कार्यबाहक दिन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।
जवाफमा राणाले भोलिदेखि आफै अदालत हाजिर हुने बताएको छलफलमा सहभागी बारका एक पदाधिकारीले जानकारी दिएका छन् । राणाले दिएको जवाफ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘म तपाईंलाई कार्यबाहक दिन्न । म आफै अदालत हाजिर हुनसक्ने अवस्थामा छु । भोलिदेखि कार्यालय आउँछु ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस