स्थगित भएको सवारी चालक अनुमतिपत्र छपाइ सुरु
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | १३:२१:०० मा प्रकाशित

काठमाडौं । लगभग छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो ।
यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ ।” करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ ।
उनका अनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ । छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन ।
विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ । तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ । जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ ।
सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ । तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ । दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस