सर्वाेच्चमा तोडियो ७० वर्षे रेकर्ड
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | १२:०३:०० मा प्रकाशित
काठमाडाैं । सर्वोच्च अदालतमा ७० वर्ष देखि प्रधानन्यायाधीशको तजविजमा रहेको अधिकार खोसिएको छ । प्रधानन्यायाधीशले आफुखुसी पेशी तोक्ने परम्परा आज देखि सर्वाेच्चमा अन्त्य भएको छ । आजदेखि गोला प्रणालीबाट पेसी तोकिएको हाे । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गोलाप्रथावाट इजलास गठन भएका छन् ।
गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् । न्यायाधीश मीरा खड्काको एकल इजलास पनि गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि गठन भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । अर्का न्यायाधीश डा कुमार चुडालको एकल इजलास गठन भएको छ ।
त्यसैगरी डा आनन्दमोहन भट्टराई र डा मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ । प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ । अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।
सर्वाेच्चमा प्रधानन्यायाधीसलले पेशी तोक्दा कतिपय मुद्दामा आफु निकटका न्यायाधीसलाई पेसी तोक्ने र त्यसवाट न्यायपािलकाभित्र विचौलिया प्रवेश गर्ने गरेको, भष्टाचार वढेको जस्ता आरोप लाग्दै आएको थियो । न्यायाधीस हरिकृष्ण कार्कीको प्रतिवेदनले समेत त्यही विषय औल्याएपछि प्रधानन्यायधीसको अधिकार कटौती गदै आज देखि सर्वाेचचमा गोला प्रणालीवाट पेशी तोक्ने काम शुरु भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस