गाउँ सहर

थप ७ लाख २५ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । कोभिड १९ विरुद्धको थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजाे नेपाल आइपुगेको हो ।

बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जानकारी दिएकाे छ । सोमबारसम्म नेपालमा ८३ लाख ८२ हजार ९९४ जनाले दुवै डोज र ९७ लाख २२ हजार ९६१ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत