राजनीति

एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान सुरू, यी पदमा हुँदैछ निर्वाचन

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि सुरु भएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन् ।

त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका छन् । 

राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर २ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर समयमा हुन सकेन । 

मतदान हुने आशामा प्रतिनिधिहरु रातभर लाइनमा बसे पनि बिहान मात्र मतदान प्रक्रिया सुरू भएको हो ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ ।

अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन् ।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत