वातावरण

दिउँसो देशभर आँशिक बदली, केहि स्थानमा हिमपात

काठमाडाैँ । आज २०७८ मंसिर १४ गते (मंगलबार) दिउँसो देशभर आँशिक बदली रहने  छ। गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली  रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विभागले जनाएकाे छ।

विभागले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत