अर्थतन्त्र

आइतबार सुनकाे भाउ बढ्याे, कति छ बजार मूल्य ?

 काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।
आइतबार सुनको मूल्य बढेपनि चाँदी तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता