गाउँ सहर

लागु औषध नेट्राभेट–१० सहित तीन जना पक्राउ

कञ्चनपुर । प्रहरीले लागु औषध नेट्राभेट–१० सहित तीन जनालाइ पक्राउ गरेकाे छ । पुर्नवास नगरपालिका ६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार बिहान लागु औषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ गरेको हाे । से ४ प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । 

पक्राउ पर्नेमा कैलाली उपमहानरपालिका १ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका १० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई नेट्राभेट १० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिएका छन् ।

ऐरका अनुसार तीनै जनाले लागु औषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागु औषधसहित उनीहरूको साथबाट तीन थान मोबाइल, नगद रकम एक हजार ४०० समेत बरामद गरिएको छ ।

लागु औषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत