शेयरबजारमा सामान्य अंककाे गिरावट, पाैने चार अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १५:३७:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ३.२२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलब ७८ विन्दुमा पुगेको हो । बुधबार नेप्से १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७८ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।
त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस