गाउँ सहर
डुंगा डुब्दा २७ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १३:५८:०० मा प्रकाशित
एजेन्सी । डुंगा डुब्दा २७ जनाको मृत्यु भएकाे छ । बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको मृत्यु भएकाे हाे । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो ।
फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ ।
फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस