गाउँ सहर

प्रधानन्यायाधीश जबराले ताेके १० इजलास

 काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० इजलास तोकेका छन् । जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका हुन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्ना लागि आज पनि इजलास तोकेका छैनन् । उनले आफ्ना लागि ८ दिनयता इजलास तोकेका छैनन् ।

जबराविरुद्ध न्यायाधीशहरूले इजलास बहिस्कार गरेको र नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेकाले उनले आफ्नो लागि पेसी तोकेका छैनन् । यसअघि जबराले आफ्ना लागि कार्तिक २९ गते पेसी तोकेका थिए ।

गाउँ सहर संवाददाता