स्वास्थ्य

विश्वभर काेराेना संक्रमित बढ्दै, ८० हजारकाे अवस्था गम्भिर, झण्डै दुई कराेड जनामा भाइरस सक्रिय

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुने भन्दा संक्रमिकाे संख्या बढेकाे छ । झण्डै दुई कराेड जनामा भाइरस सक्रिय छ । 

पछिल्लाे २४ घण्टामा ४ लाख ३२ हजार संक्रमित थपिएका छन् भने ४ लाख २ हजार जना निकाे भएका छन् । १ कराेड ९३ लाख ६७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

त्यसैगरि ५ हजार ३२८ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २३ करोड ३८ लाख ५ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने २५ करोड ८३ लाख ४६ हजार नाघेको छ भने मृतकको संख्या ५१ लाख ७३ हजार ९८१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८० हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ९७ लाख १९ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ७ लाख ९४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ११ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ८६ लाख ७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ६३ हजार थपिएसँगै कुल ९३ लाख १७ भन्दा बढिमा भाइरस सक्रिय छ । 

 

दाेस्राे नम्बरमा रहेकाे भारतमा हालसम्म कुल संख्या ४ लाख ६५ हजार ९११ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ५ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४५ लाख २३ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ३९ लाख ३४ हजार जना निको भएका छन् । सक्रिय केस १ लाख २३ हजार जना छन् जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २ हजार संक्रमित थपिएका छन् भने १२० जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख १२ हजारभन्दा बढी छन् । हाल १ लाख ७६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड २० लाख १९ हजार जना संक्रमितमध्ये २ कराेड १२ लाख ३० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २४१ जनाकाे मृत्यु भएकाे छ भने ३५ हजार संक्रमित भएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख १९ हजार ३८६ जना पुगेका छन् भने ८ लाख ६१७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ५०० पुगेको छ भने ७ हजार २६९ जना उपचाररत छन् । पछिल्लाे २४ घण्टामा ३६७ जना थपिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत