गाउँ सहर

गोलाप्रथाद्वारा पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित,

काठमाडौं । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए ।

नियमावली राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ । 

त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो । अब राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू हुने भन्नेबारे सर्वोच्चको फूलकोर्टले नै निर्णय गर्नुपर्छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत