गाउँ सहर

कांग्रेस महाधिवेश : साेमबार काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडाैं । काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेस अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज काठमाडौंका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो । काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिएका छन् ।

यसअघि काठमाडौंमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो ।

कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत