अर्थतन्त्र

उकालाे लाग्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९३ हजार ७०० रुपैयाँ, तेजावी सुन ९३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता