अर्थतन्त्र

आइतबार शेयर बजार राताम्य हुँदा काराेबार रकम पनि घट्याे

काठमाडाैं । आइतबारको शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार नेप्से आज ११.६० अंकले घटेर २ हजार ७ सय ५७ दशमलब ५३ विन्दुमा झरेको छ । यसदिन २२५ कम्पनीको ४ अर्ब ३५ करोड बराबरको शेयर किनबेच भएको छ ।

गत विहीबार नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।

आज मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम जलविद्युत कम्पनी तथा आइसीएफसी फाइनान्स लगायतकोे शेयरमूल्य धेरै घटेको छ ।

आजको दिन सबैभन्दा बढी कारोबार नेपाल महालक्ष्मी विकास बैंकको ५० करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत