गाउँ सहर

जबराले ११ इजलासमा ताेके पेशी, आफूलाई राखेनन्

 काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । उनले १० वटा संयुक्त र एउटा एकल इजलासमा पेसी तोकेका हुन् ।

बिहीबार सर्वोच्चको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन भई निर्देशिका बने पनि कानून मन्त्रालयले राजपत्रमा प्रकाशित नगरेकाले प्रधानन्यायाधीशले नै पेसी तोकेका हुन् । उनले आफूलाई भने कुनै इजलास राखेका छैनन् ।

करिब एक महिनादेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन हुँदै आएको छ । यसबीच न्यायाधीशहरूले बन्द प्रत्याक्षीकरणबाहेका मुद्दा हेरेका छैनन् । तर, प्रधानन्यायाधीशले सबै प्रकारका मुद्दाको पेसी तोक्दै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत