गाउँ सहर

दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । ईजना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हाे ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र दाङका संक्रमितको मृत्यु भएको हाे ।

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ११ बजे मृत्यु भएको हो ।

दाङ गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको हो । कात्तिक २५ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएका उनको आइतबार बिहान तीन बजे मृत्यु भएको छ ।

अब कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ४१ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ४ सय ३३ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत