गाउँ सहर

राष्ट्रियसभा निर्वाचन माघ १२ गते

काठमाडौं । राष्ट्रियसभाको रिक्त हुने १९ सिटका लागि माघ १२ गते निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाका रिक्त हुने १९ पदका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको हो ।

राष्ट्रियसभाका १९ सिट फागुन २० गतेदेखि रिक्त हुँदै छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत