गाउँ सहर

सर्वोच्चमा सुरु भयाे फुलकोर्ट बैठक

काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो ।

प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन् ।

यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन् ।

फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने तयारी छ । सो निर्देशिका राजपत्रमा छाप्नका लागि तत्काल पठाइने जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत