गाउँ सहर

बुधबार देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे मृत्यु

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत