गाउँ सहर

दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत

गुल्मी  । दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत भएकी छन् । गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई तीन दिन अघि नै नियन्त्रणमा लिएको र गएराती जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिएका छन् । 

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत